शुक्रवार, आश्विन १६ गते २०८३

ओलीलाई सञ्चारमन्त्री खरेलले भने : चुनावको वातावरण बनिसक्यो, सुरक्षाको अवस्था मजबुत छ

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित छलफल भएको छ ।

ओलीसँगल भेटेर निस्किएका सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेकोले एमाले पनि चुनावका लागि तयारी गरिरहेको बुझिएको बताएका छन् । उनले भने, ‘मुख्य राजनीतिक दलको कार्यालयमै गएर पनि नेतासँग कुरा गरियो । राष्ट्रपतिले पनि छलफल शीर्ष नेतृत्वसँग कुरा गर्नु भयो, सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ । सरकार पनि तयार छ । निर्वाचनमा भाग लिन आग्रह गर्न म यहाँ आएको थिएँ ।’

उनले ओलीले निर्वाचनको वातावरण बनिसकेकोमा शंका गरेको पनि बताएका छन् । खरेलले भने, ‘सुरक्षा राम्रो बनाउनुपर्‍यो भन्ने दलको भनाइ त राम्रो हो नि, । चुनाव बहिष्कार गर्ने कुरा छैन् । दल दर्ता भइसकेको छ । समन्वय र छलफल गरौँ भन्ने छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार