शुक्रवार, आश्विन १६ गते २०८३

सञ्चारमन्त्री खरेलले हात्तीबन पुगेर प्रचण्डलाई भेटे

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवास हात्तीबन पुगेका छन् ।

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेर खरेल प्रचण्ड भेट्न पुगेका हुन् । भेटमा खरेलले फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको जानकारी दिएका छन् ।

त्यस्तै खरेलले भोलि शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलको निम्तो दिन पनि शीर्ष नेताको निवासमा पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार