काठमाडौं । नवनियुक्त मन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित संवैधानिक अंगका प्रमुख र सरकारका उच्च पदस्थ कर्मचारी सहभागी थिए ।
यसअघि प्रधानमन्त्री कार्कीले शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन् । उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ ।