शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टीलाई बुझाए स्मरण पत्र

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ ।

पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उक्त पक्षधरले शुक्रबार स्मरण पत्र बुझाएको हो । नेता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको बताएका छन् ।

देशव्यापी हस्ताक्षर अभियान चलाएको समूहले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार