शुक्रवार, आश्विन १६ गते २०८३

खानेपानी मन्त्रालयको जिम्मेवारी श्रममन्त्रीले पाए, रक्षा मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने

शुक्रवार , पौष ११, २०८२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्दै श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो।

भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेकी थिइन् । शुक्रबार नै पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री नियुक्त गरिएको छ। नयाँ कार्यविभाननसँगै प्रधानमन्त्री कार्कीसँग रक्षा मन्त्रालय मात्र रहेको छ ।

२ साता अघिनै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै आफूले सम्हालिरहेका चार मन्त्रालयमध्ये केहीको कार्यबोझ घटाउने तयारी गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले अधिकांश समय निर्वाचन केन्द्रित गर्ने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार