काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका तीन शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफल गर्दै छन्।
छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ।
प्रधानमन्त्री बनेपछि कार्कीले पहिलोपटक बालुवाटारमा शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन्।