काठमाडौं। अमेरिकी सेनाले अफगानमा रहँदा प्रयोग गरेका सैन्य विमान र गाडी काबुल विमानस्थलमै छोडेको छ। तर अमेरिकी सेनाले ति विमान र गाडी तालिबानका लागी बेकारको चिज भएको बताएको छ।
किनभने ति विमान र सन्य गाडी तालिबानले चलाउन सक्ने छैन। अमेरिकी सेंट्रल कमाण्डका प्रमुख जनरल केनेथ मैकेंजीले आफ्ना सैकिनले ७३ एयरक्राफ्ट, ७० बख्तरबंद गाडी र २७ हम्वी वाहन निष्क्रिय पारेको पारिदिएको बताए। उनका अनुसार यि एयअरक्राफ्ट फेरी कहिले उड्ने छैनन्।
अमेरिकी सेनाले काबुल छोडीसकेपछि अमेरिकी पत्रिका लाँस एंजेल्स टाइम्सका एक रिपोर्टर एक भिडियो शेयर गरेका छन्। जसमा तालिबानहरु एयरपोटीको हैंगरमा गएर ति जहाज र गाडिहरुको चेकजाँच गरिरहेका छन्। साथै अमेरिकाले अत्याधुनिक रकेट डिफेन्स सिष्टम पनि निष्क्रिय गरेर एयरपोर्टमा छोडिदिएको जनाएको छ।
बीबीसी हीन्दी