काठमाडौं। नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले अध्यक्षविना २ सय ३१ सदस्यीय केन्द्रिय समिति घाषणा गरेको छ । मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो । तर विवादका कारण पदाधिकारी चयन गर्न भने बाँकी रहेको छ।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी नयाँ केन्द्रिय समितिलाई नै दिएको छ । केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु चयन गरेको हो।
नयाँ केन्द्रिय समितिमा २३ जना पछि मनोनित हुनेछन् । इन्चार्ज दीपशिखाका अनुसार वाईसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।
गत शनिबारबाट सुरु भएको वाईसियलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका थिए ।