शुक्रवार, आश्विन १६ गते २०८३

ऊर्जामन्त्री घिसिङ भन्छन्– पद र स्वार्थभन्दा माथि उठेर एक ठाउँमा उभियौँ

मंगलवार , पौष १५, २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठ्दै जनताको चाहना र देशको हितलाई ध्यान दिएर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरणको सहमति गरिएको बताएका छन् ।

सहमतिको भोलिपल्ट मंगलबार उनले यस विषयमा प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ । यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौँ । उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौँ ।’

लामो रस्साकस्सीपछि सोमबार राति रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच राजनीतिक एकताको सहमति भएको हो । रवि र बालेनबीच एकता सहमति (आइतबार) भएको भोलिपल्ट कुलमान पनि समेटिएका हुन् । सहमतिअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति बन्नेछन् भने महामन्त्री पद पनि उनकै पार्टी उज्यालो नेपाल पार्टीका नेता बन्नेछन् । तर यो निर्णय गर्न बाँकी छ ।

यस्तै बाँडफाँटमा उज्यालो नेपाललाई समानुपातिकमा २० र प्रत्यक्षमा ३० प्रतिशत कोटा दिने सहमति भएको छ । सहमतिसँगै कुलमान र बालेन पनि रास्वपाकै नेता बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार