बिहिवार, आश्विन १५ गते २०८३

हिजो तोलामा ७ हजार ९ सय घटेको सुनको मूल्य आज पनि घट्यो

बुधवार , पौष १६, २०८२

काठमाडौँ । आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएको सोमबार र मंगलबार घटेको सुनको मूल्य आज पनि घटेको हो। 

प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर सुनको भाउ आज दुई लाख ६१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेर दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको थियो। गएको मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो।  

गएको आइतबार सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो। त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय २० रुपैयाँ घटेर चारहजार चारसय ७० रुपैयाँमा झरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार