बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य आज पनि घट्यो, तोलाको कति पुग्यो ?

बिहिवार , पौष १७, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। बुधबार १ हजार १०० ले घटेको सुन आज १ हजार ४०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ हजार ४०० ले घटेर प्रतितोला २ लाख ५९ हजार ६०० कायम भएको छ। अघिल्लो दिन एक तोला सुनको मूल्य २ लाख ६१ हजार पुगेको  थियो।

यस्तै चाँदी भाउ पनि घटेको छ। ५५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी ४ हजार ४७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार