बैठकमा संयुक्त राष्ट्रसंघका उपमहासचिव रोजमेरी डिकार्लोले महासचिव एन्टोनियो गुटेरेसको विज्ञप्ति पढेर सुनाइन्। त्यसमा गुटेरेसले 'भेनेजुएलामा अमेरिकी कारबाहीले अन्तर्राष्ट्रिय कानुनको मापदण्ड पालना नगरेकोप्रति गहिरो चिन्ता' व्यक्त गरेका छन्।
गुटेरेसको विज्ञप्ति पढ्दै रोजमेरी डिकार्लोले अन्तर्राष्ट्रिय सम्बन्धका लागि अमेरिकी सैन्य कारबाहीले स्थापित गर्न सक्ने नजिरबारे चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, 'भेनेजुएलाको अवस्था गम्भीर छ, तर अझै पनि ठूलो द्वन्द्व रोक्न सकिन्छ।' यसैबीच रुसका प्रतिनिधिले निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको तत्काल रिहाइको माग गरेका छन्।
अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी काराकासमा हमला गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिका लगेको छ।