काठमाडौं । नेकपा एमालेले फागनु २१ गतेको प्रतिनिधि सभा चुनवका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको छ ।
मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको हो । कमिटीको सचिवमा विष्णु रिमाल छन् । त्यस्तै कमिटी सदस्यहरुमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की रहेका छन् ।
रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन् ।