राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ। जसमध्ये एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। त्यसका लागि आयोगले यही पुस १९ गते नै मतदाता नामावली प्रकाशन गरिसकेको छ।
मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी आयोगले अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ।
आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।
आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। मतभारमा कांग्रेस सबैभन्दा अगाडि छ। उसको मतभार २१ हजारभन्दा बढी छ।
त्यसैगरि एमालेको मतभार १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी मतभार छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्।