शनिवार, कार्तिक ८ गते २०८३

दार्चुला घटनाबारे माओवादी केन्द्रका नेता श्रेष्ठ यसो भन्छन्

बुधवार , भाद्र १६, २०७८

काठमाडौं। दार्चुला घटनाबारे छानविन समितिले प्रतिवेदन बुझाएपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले तत्कालै भारत सरकारसँग छलफल गर्नुपर्ने सुझाव दिएका छन्। गत साउन १५ गते वैदेशिक रोजगारीमा जान हिँडेका दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।

उनि तुइनबाट नदी तर्नेक्रममा भारतिय सिमा सुरक्षा बल एसएसबीले तुइको डोकी काटीदिँदा उनि महाकाली खसेर वेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन्। तर एसएसबीले आफ्नो संलग्नता अश्विकार गरेको छ।  

उक्त घटनाको सरकारी छानविन टोलीले प्रतिवदेन बुझाएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। भारतले गल्ती स्वीकार गर्दै नेपालसँग माफी माग्नुपर्ने उनको भनाइ छ। दोषीलाई कार्वाही गरेर पीडित परिवारलाई परिपुरण गर्दै यस प्रकारका घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार