बिहिवार, आश्विन १५ गते २०८३

सुनको भाउ घट्दा चाँदीको मूल्य ५ हजार हाराहारीमा पुग्यो

बुधवार , पौष २३, २०८२

काठमाडौँ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।

मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार