शुक्रवार, आश्विन १६ गते २०८३

राप्रपा अध्यक्ष लिङदेन र रास्वपा सभापति लामिछानेबीच भेट

बिहिवार , पौष २४, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

आज बिहान उनीहरुबीच भेट भएको हो । भेटमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल भएको र दुई दलका आपसी विषयमा पनि सम्वाद भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यसअघि लिङदेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार