बिहिवार, आश्विन १५ गते २०८३

२ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , पौष २४, २०८२

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो ।

हिजो २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको सुन आज २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १०० रुपैयाँले घटेर ४ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार