शुक्रवार, आश्विन १६ गते २०८३

महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिलाई आमन्त्रण गरेका छौँ : विश्वप्रकाश

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने हुने बताएका छन् ।

महाधिवेशनस्थलको अवलोकनका क्रममा शुक्रबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले सो दाबी गरेका हुन् । उनले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण गरिने र सोही अनुसार महाधिवेशनले नेतृत्व चयनको प्रक्रियामा जाने बताएका छन् ।

उनले पार्टीका कुनैपनि नेताहरूलाई अनादर गर्ने तथा उनीहरूप्रति नकारात्मक टिप्पणी गर्ने पक्षमा आफू नरहेको बताउँदै विधानको व्यवस्थाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले महाधिवेशनमा सहभागी हुन पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई समेत निमन्त्रणा गरिसकेको बताएका छन् ।

उनले भने, ‘हामी अहिले कसैका बारेमा पनि कुनै टिप्पणी गर्दैनौँ । मात्रै प्रश्न के हो भने पार्टीको विधानमा व्यवस्था भएबमोजिम हुनेछ कि छै भन्ने मूल प्रश्न हो । त्यसैले यसमा पार्टी सभापति र कार्यवाहक सभापतिको पनि सहभागिताका लागि साथीहरूले आह्वान गर्नुभएको छ ।’

उनले आइतवारदेखि शुरु हुने विशेष महाधिवेशन समग्र पार्टीको साझा मञ्चको रुपमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार