काठमाडौं। लामो समयदेखी अन्यौलमा रहेको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गर्नेगरी परिक्षा तालिका सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। यसअघि साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा संचालन गर्ने तालिका रहेकोमा कोरोना संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो।