बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेस महाधिवेशन : पद्‌मोदयबाट भृकुटीमण्डप जाने सवारी डाइभर्ट गरिँदै

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार उद्घाटन हुँदैछ । उद्घाटन अघि ६ ठाउँबाट जुलुस निकाल्ने कार्यक्रम रहेको नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।

ललितपुरको कुपण्डोल, काठमाडौंको सुन्धारा, रत्नपार्क पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ जुलुस प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जुलुसको कारण काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने बताइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पद्‌मोदय मोडबाट भृकुटीमण्डपतर्फ चल्ने सवारी डाइभर्ट गर्ने कार्ययोजना बनाएको छ ।

जुलुसको आकार हेरेर पद्यमोदय मोडबाट भृकुटीमण्डपतर्फ चल्ने सवारीलाई डाइभर्ट गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालय स्रोतका अनुसार भिड धेरै भएमा आयोजकसँग समन्वय गरेर पद्यमोदयबाट भृकुटीमण्डपतर्फ चल्ने सवारी डाइभर्ट गर्ने बताएको छ । तर, अहिलेसम्म भने निर्वाध रूपमा सवारी चलिरहेको छ ।

मानिसको सङ्ख्या धेरै भएमा टुँडिखेलबाट राष्ट्रिय सभागृह तर्फ आउने सवारीलाई पनि डाइभर्ट गरिने छ । कार्यालयले आवागमनलाई असर नपर्ने गरी सवारी डाइभर्ट गर्ने योजना रहेको बताएको छ ।

मध्यान्ह १ बजे कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गर्दैछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार