काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । लामो समयपछि आज दशरथ रंगशालामा दुई टोलीबीचको खेल हुँदै छ। खेल नेपाली समयानुसार साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपाल र भारतबीच हालसम्म १९ खेल भएका छन्। जसमा भारतले १३ खेलमा जित हासिल गरेको थियो भने नेपाल जम्मा दुई खेलमा विजयी भएको थियो। दुई टोलीबीच चार खेल बराबरीमा सकिएका थिए।
नेपालले सन् २०१५ पछि भारतविरुद्ध पहिलोपटक घरेलु मैदानमा खेल्न लागेको हो । तर नेपाल र भारतबीच हालसम्मको खेल नतिजा हेर्दा नेपाल भारतिय टिम भन्दा धेरै कमजोर देखिन्छ।
नेपाल र भारतबीच सन् १९८५ मा पहिलो खेल भएको थियो । उक्त खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । दुई टोलीले साफ गेम्सअन्तर्गत प्रतिस्पर्धा गरेका थिए। खेलका लागी भारतिय टोली यसअघीनै नेपाल आइसकेको छ।