सोमवार, आश्विन १२ गते २०८३

हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

मंगलवार , पौष २९, २०८२

काठमाडौँ । भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। हिमाचलको सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी ९ जना नेपालीको मृत्यु भएको हो। 

मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका-२ का हुन्। गाउँपालिका अध्यक्ष भरत गिरिले घटनाको पुष्टि गरेका छन्।वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ती नै जारी गरी दुई परिवारका ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

मृतकहरू स्थानीय धनबहादुर र काशीराम विकका परिवार छन्।  ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीय कविता विक, छोरी १६ वर्षीय राधा विक, १० वर्षीय रेणुका विक र राजन विकको मृत्यु भएको हो। 

त्यस्तै ४७ वर्षीय काशिरामको परिवारमा उनकी श्रीमती ३२ वर्षीय  टीका विक, छोरी १२ वर्षीय अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको हो। 

ढारचौर प्रहरी चौकीका प्रमुख असई खगेन्द्रबहादु शाहीले पनि आगलागीमा परी उनीहरूको मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकीलाई प्राप्त भएको बताए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार