बिहिवार, आश्विन १५ गते २०८३

सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड

मंगलवार , पौष २९, २०८२

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।

हिजो सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । सोमबार एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ कायम थियो ।

सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार