काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु भएको छ ।
सहमतिमै अगाडि बढ्नेगरि पार्टी संस्थापनसँग वार्ता भइरहे पनि भृकुटीमण्डपमा भने निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको हो । अहिले उम्मेदवारी दर्ता भइरहेको छ ।
निर्वाचन तालिका अनुसार आज राति साढे ९ बजेसम्म उम्मेदवारी दिने समय तय भएको छ । त्यसपछि मतदान हुने बताइएको छ ।