उनले पार्टी निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढिसकेको उल्लेख गर्दै ती कार्यक्रमहरु स्थगित नहुने स्पष्ट पारे। उनले पार्टीभित्र टिकट वितरणको विषयमा बार्गेनिङ भइरहेको भनि फैलाइएको हल्लाप्रति आपत्ति पनि जनाए। हजारौँ प्रतिनिधि दुई दिनदेखि पार्टी सुधारका विषयमा मन्थन गरिरहेको भन्दै महामन्त्री थापाले यसलाई टिकटको स्वार्थसँग जोडेर अपमान गर्ने प्रयास नगर्न चेतावनी दिए।
उनले भने, ‘साथीहरुले पार्टीभित्र देखिएका केही समस्याहरुलाई संवादबट टुंग्याउन सकिन्छ कि भनेर संवाद पनि गरिरहेका छन्। त्यो छलफल पनि आवश्यक थियो। तर त्यो छलफलको कुरा यो हलबाट बाहिर कतै गएर पनि टुंगिदैन। यो विशेष महाधिवेशन हो यही हलले गर्नेछ। भोलि बिहान पनि प्रतिनिधिहरु आएर निर्णय गर्यो भने महामन्त्रीहरूले त्यो निर्णयलाई शिरोधार्य गर्नुपर्छ। हलले जे अनुमोदन गर्छ त्यो कुरालाई मान्ने हो। हलले अनुमोदन नगरेको केही पनि मानिँदैन।’
उनले पार्टीलाई सही दिशामा लैजान नेतृत्व र नीति दुवै परिवर्तन गरिने दोहोर्याए।