सोमवार, आश्विन १२ गते २०८३

इरानका आन्दोलनकारीलाई उक्साउँदै ट्रम्पले भने: मद्दत आउँदै छ

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा विरोध प्रदर्शन गरिरहेका इरानीहरूलाई उक्साएका छन्। मंगलबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानका आन्दोलनकारीहरूलाई विरोध प्रदर्शन जारी राख्न आह्वान गरेका हुन्। 

उनले लेखेका छन्, 'इरानी देशभक्तहरू विरोध प्रदर्शन जारी राख्नुहोस्, आफ्ना संस्थाहरू कब्जा गर्नुहोस्। हत्यारा र उत्पीडकहरूको नाम सुरक्षित राख्नुहोस्। तिनीहरूले ठूलो मूल्य चुकाउनेछन्।'

उनले अगाडि लेखेका छन्, 'प्रदर्शनकारीहरूको हत्या नरोकिएसम्म मैले इरानी अधिकारीहरूसँगका सबै बैठक रद्द गरेको छु। मद्दत आउँदै छ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार