आइतवार, श्रावण २४ गते २०८३

एसबीआई बैंक लुट्ने ४ जना पक्राउ

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नेपाल एसबीआई बैंक घ्याङलेख(२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन ।

उनीहरूलाई घ्याङलेख(१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।

मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख(२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । ६ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।

लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ ।  स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार