सोमवार, श्रावण २५ गते २०८३

काठमाडौंमा आगामी सातादेखि विद्यालय खुल्ने, कस्तो छ तयारी ?

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं। कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेका काठमाडौँका विद्यालय अगामी हप्तादेखी खुल्ने भएका छन्। काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको हो।

यसअघि बुधबार काठमाडौं प्रशासनले शसर्त विद्यालय संचालन गर्न दिनेगरी आदेश जारी गरेपछि महानगरले विद्यालय संचालनको तयारी गरेको हो। महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिए। 

उनका अनुसार तीन दिनको संक्रमण अवस्थालाई हेरेर विद्यालय सञ्चालनबारे निर्णय लिइने छ। तर संक्रमण दर कति भए विद्यालय सञ्चालन गर्न सकिने भन्ने तोकिएको छैन। सुवेदीका अनुसार सञ्चालनमा आउने विद्यालयहरूले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र धेरै संख्या रहेका विद्यालयहरूले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्नुपर्ने छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार