काठमाडौँ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरान प्रदर्शनकारीलाई मृत्युदण्ड दिने निर्णयबाट पछि हटेको छ।
रोयटर्सको रिपोर्टअनुसार इरानका विदेशमन्त्री अब्बास अराक्चीले बुधबार कसैलाई मृत्युदण्ड दिने योजना नरहेको स्पष्टीकरण दिएका हुन्। फक्स न्युजको 'स्पेसल रिपोर्ट विथ ब्रेट बेयर'मा उनले भनेका छन्, 'मृत्युदण्डको कुनै योजना छैन। मृत्युदण्डको त कुरै उठेको छैन।'
ट्रम्पले पनि बुधबार अब इरानले कुनै प्रदर्शनकारीलाई मृत्युदण्ड नदिने बताएका थिए। बुधबार इरानी सरकारले २६ वर्षीय प्रदर्शनकारी इरफान सोल्टानीलाई मृत्युदण्ड दिने घोषणा गरेको थियो।
तर ट्रम्पले इरानले त्यसो गरेमा उसविरुद्ध अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए।