यसैबिच राष्ट्रपति ट्रम्पले मचाडोको निर्णयको प्रशंसा गरेका छन्। उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘मारिया एक अद्भुत महिला हुन्, जसले धेरै कुरा सहेकी छन्। मारियाले मेरो कामका लागि मलाई उनको नोबेल शान्ति पुरस्कार प्रदान गरिन्।’
ट्रम्पले अगाडि लेखेका छन्, ‘यो पारस्परिक सम्मानको अद्भुत संकेत हो। धन्यवाद, मारिया!’ उनीहरूबिच प्रत्यक्ष भेटघाट भएको यो पहिलोपटक थियो।
यही जवनरी ३ तारिख अमेरिकी सेनाले भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई नै अमेरिका लगेर हिरासतमा राखेको छ।