आइतवार, श्रावण २४ गते २०८३

घरधनीकै योजनामा सिन्धुलीको एसबीआई बैंक लुटिएको खुलासा

शुक्रवार , माघ २, २०८२

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाटमा घरधनीकै संलग्नता रहेको खुलेको छ ।

बैंक लुटपाटपछि फरार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । बैंक लुटपाटमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० का ४९ वर्षीय भागवत सिंह, सिन्धुलीको घ्याङलेख गाउँपालिका २ का ४७ वर्षीय चतुरमान बज्यु छन् ।

त्यस्तै, भरतपुर महानगरपालिका २ बस्ने २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षका विवेक मगर, सिन्धुली घ्याङलेख गाउँपालिका २ का ४४ वर्षीय छविलाल स्या्तान र १६ वर्षका किशोर छन् । बैंकबाट लुटपाट गरेको मध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

यस्तै लुटपाटमा प्रयोग भएका २ थान खुकुरी, प्लास्टिकको पेस्तोल, टेप, नकाब ४ थान, पन्जा एक थान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युले गएको असोजबाट नै बैंक लुटपाटको योजना बनाएको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार