आइतवार, आश्विन २५ गते २०८३

प्रदेश २ मा एमालेका १० सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत (नामसहित)

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं। प्रदेश २ मा पनि नेकपा एमालेका सांसदहरुले आफुलाई एकीकृत समाजवादीमा सनाखत गराएका छन्। बिहीबार एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजी निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन्। 

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।

प्रदेश २ मा एमालेका २१ सांसद रहेकोमा  १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा थिए, जसमध्ये १० जनाले आज सनाखत गरेका छन् । सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने जनाइएको छ। यस्तै, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्काे दिन आएर सनाखत गर्ने जनाइएको छ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार