कांग्रेसका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित खड्का कांग्रेसको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध निवेदन दिन पूर्वमहान्यायाधिवक्ता खमबहादुर खातीका साथ सर्वोच्च पुगेका हुन्।
गत पुस २७ देखि ३० सम्म कामठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि पूर्वसभापति देउवाको पक्ष कानुनी लडाइँमा लागेको हो।
यसअघि शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आफूपक्षीय केन्द्रीय कार्यसमितिको बैठक राखेर देउवा समूहले पार्टी दाबी गर्न अदालत जाने निर्णय गरेको थियो। साथै उसले सडक संघर्ष गर्ने तयारी पनि गरेको छ।