बिहिवार, आश्विन १५ गते २०८३

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरी 

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं। नेपाल-भारतको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका हुन्। नेपालले खेलको पहिलो हाफमा एक गोल गरेर अग्रता लिएको थियो।

नेपालका लागि अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। 
खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काएर खेललाई १-१ को बराबरीमा पुर्‍याएका हुन्।

भारतका कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि सोही बललाई अनिरुद्ध थापाले गोललाइनबाटै गोल गरे। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार