उनले भने, ‘म भावुक भएको छैन, यी अपराधीहरूबाट देश कसरी जोगाउने भन्ने कुरा, यिनलाई कारबाही कसरी गर्ने भन्ने कुरा त्यो सोची राखेको छु।’
ओलीले अहिले घर जलाउन उक्साउनेहरू, घर जलाउनको लागि डेरा जमाएर अभियान चलाउन खोज्नेहरूलाई कसरी कारबाही गर्न सकिएला भन्ने विषय अहिले चिन्ताको विषय भएको बताए।
‘राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक दलका कार्यकर्ताका घरहरू जलाउने सबै आपराधिक कर्म हुन्,’ ओलीले भने, ‘अपराधलाई प्रोत्साहित गर्न सकिँदैन, अपराधलाई रोकेर यो देशलाई शान्तिपूर्ण र बस्न लायकको देश बनाउनु पर्छ।’
अरूको घर जलाउन नपाउने र त्यस्ता व्यक्तिलाई कारबाही गर्नै पर्ने बताए। अहिलेको सरकार घर जलाउनेहरूको सरकार भएकोले उनीहरूलाई जोगाउने काम गरेको टिप्पणी गरे।
कारबाहीका लागि त्यसको समय आउने पनि उनले बताए।