शनिवार, कार्तिक ८ गते २०८३

आफ्नै साथीको हत्या गर्ने सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको फैसला

बिहिवार , भाद्र १७, २०७८

काठमाडौंका। पैसाका लागी आफ्नै साथीको हत्या गर्ने सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको सजाय भएको छ। नेपाली सेनाको गन चोरी गरी हुद्दा सैनिक भरत गुरुङको हत्या गर्ने सैनिक ढकाललाई सैनिक समरी जनरल अदालतले उक्त सजाय सुनाएको हो।

ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) चोरी गरेका थिए। सोही गन प्रयोग गरी साउन ७ गते उनले आफ्नै सहकर्मी गुरुङको चितवनमा हत्या गरेका थिए। यी दुवै अपराध स्वीकार गरेका उनलाई गणमा नै गठन भएको सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो।

सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरी जिल्ला अदालत चितवनको आदेशअनुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनको आधारमा हत्या सम्बन्धी कसुरमा दोषी ठहर गरिएको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार