बिहिवार, आश्विन १५ गते २०८३

एकैदिन तोलामा साढे १० हजारले बढ्यो सुनको मूल्यो, तोलाका ३ लाख पुग्यो

बुधवार , माघ ७, २०८२

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार (माघ ७)मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ । 
यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ । 

मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार