काठमाडौं। अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको ज्यान गएको छ।
सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामाको आँधिमा परेर ज्यान गएको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।
अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ। यस्तै न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छन्।