बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य तोलाको ३ लाख नाघ्यो

शुक्रवार , माघ ९, २०८२

काठमाडौँ । सुनको मूल्य तोलाकै तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ। 

बिहीबारको मूल्यमा नौ हजार दुईसय रुपैयाँ बढेर सुनकाे भाउ आज तोलाको तीन लाख एक हजार चारसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।  बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेर दुई लाख ९२ हजार दुईसय रुपैयाँमा झरेको थियो। 

गएको मंगलबार सुनको मूल्य तोलामा दुई हजार सातसय, सोमबार ४२ सय र आइतबार ६ सय रुपैयाँ बढेको थियो। गएका ६ दिनमा सुनको भाउ तोलामै २७ हजार एकसय रुपैयाँ बढिसकेको छ। 

आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा ३२० रुपैयाँ बढेर चाँदीको भाउ आज ६ हजार १९० पुगैयाँ पुगेको हाे।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार