बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेसबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

पार्टी मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई आधिकारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्ताव गरिएको थियो ।

उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो । विगतमा निर्वाचनपछि संसदीय दलको नेता चयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै उपभासपति शर्माले यस पटक मतदातालाई सजिलोका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको बताएका छन् ।

यसले मतदातालाई कुन पार्टीलाई मत दिने भन्ने निर्णय गर्न सजिलो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार