बिहिवार, आश्विन १५ गते २०८३

अर्जुन नरसिंह केसी भन्छन्– नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताएका छन् । उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडी बढ्नुपर्ने बताउँदै आगामी फागुन २१ गतेहुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरेका छन् ।

नेपाली कांग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो । उनले भने, ‘पार्टीको निम्ति र समग्र देशवासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडि बढ्नुपर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छ ।’

उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटक पटक उम्मेदवार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेदवार बनेका बताएका छन् । यसअघि पनि थापा मधेसमा जान खोजेको भएपनि परिस्थिति नमिलेको बताएका छन् ।

नेपाली कांग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेसलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेदवारी दिएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार