काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी भित्रको आन्तरिक विषय क्रमशः मिलाउने बताएका छन् ।
उनले अब चाँडै आन्तरिक असमझदारीका विषय समाधान गर्न पार्टी लाग्ने बताएका छन् । पार्टीलाई एक ट्रयाकमा ल्याउन केहीसमय मिलेर काम गर्नुपर्ने अवस्था आएको बताउँदै उनले आन्तरिक मतभेदलाई लामो समय राख्न नहुने बताएका छन् ।
पार्टीको विशेष महाधिवेशन, लगत्तैको निर्वाचनका उम्मेदवार चयनले केही तलमाथि भएको भए पनि अब त्यसलाई मिलाउने थापाले बताएका छन् । उनले भने, ‘हामी पार्टीभित्रको आन्तरिक गतिविधि पनि चाँडै मिलाउँछौँ । अहिले टिकट नपाउने केही साथीको गुनासो सुनेको छु ।’
उनले थपे, ‘टिकट पाउनेलाई जिताउन र नपाउनेलाई केन्द्रीय समितिमा ल्याएर जिम्मेवारी दिने गरीको तयारी हामीले गरेका छौँ । अब मिलेर कांग्रेस बनाउनुपर्छ । असहमति र असमझदारीलाई हटाउँदै मजबुद कांग्रेस बनाउने योजनामा जुट्न आवश्यक छ ।’