काठमाडौँ । नेपाली कांग्रेसले माघ १६ गतेका लागि जनकपुरमा आयोजना गर्ने भनेको ‘मधेश प्रदेशस्तरीय चुनावी सभा’ स्थगित गरेको छ। निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण पार्टीले उक्त कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभागका प्रमुख नितेशकुमार गुप्ताका अनुसार, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र त्यसपछिको राजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले जारी गरेको परिपत्रलाई सम्मान गर्दै सभा स्थगित गरिएको हो। यसअघि कांग्रेसले मधेश प्रदेशका आठै जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता र समर्थक उतारेर जनकपुरधाममा शक्ति प्रदर्शन गर्ने व्यापक तयारी थालेको थियो।