काठमाडौंं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान जारी रहेको छ ।
निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म एक सय ४८ मत खसेका छन् । सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ गरी २२४ मतदाता छन् । यहाँका नौ जिल्लामा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले गठबन्धन गरेका छन् भने उनीहरूविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपाले) पनि उम्मेदवारी दिएको छ ।
कांग्रेसबाट खम्मबहादुर खाती, एमालेबाट लीलाकुमारी भण्डारी, नेकपाबाट टीकाराम जैसी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन् ।