बिहिवार, आश्विन १५ गते २०८३

यातायात व्यवस्था विभागले छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक गर्यो

आइतवार , माघ ११, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ७३२  वटा सवारी लाइसेन्स सार्वजनिक गरेको छ ।

आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । विभागले अहिले अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरी वितरण गर्दै आएको छ ।

तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक  लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट  छपाइ गर्दै आएको विभागले जनाएको छ ।

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइ रोकिएको थियो ।  हाल सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार