आइतवार, श्रावण २४ गते २०८३

कोशी र गण्डकीमा हिमपात र वर्षाको सम्भावना

सोमवार , माघ १२, २०८२

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना छ । तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ।

दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार