आइतवार, श्रावण २४ गते २०८३

आज यी प्रदेश र स्थानमा हिमपात-वर्षाको सम्भावना

मंगलवार , माघ १३, २०८२

काठमाडौँ । आज देशका विभिन्न स्थानमा हिउँ तथा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।

यस्तै दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।

साथै राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार