आइतवार, श्रावण २४ गते २०८३

ओखलढुंगामा फेरि एक दम्पतीको विभत्स हत्या

मंगलवार , माघ १३, २०८२

काठमाडौँ । ओखलढुंगामा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरे टोलका ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको हो ।

उनीहरुको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या भएको बताइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । एक महिनाअघि पनि भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार