बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, तोलाको कति पुग्यो ?

मंगलवार , माघ १३, २०८२

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। 

लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि सोमबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ महँगो हो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

सोबार तोलामा ६ हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६ हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार